भृकुटीमण्डपको खुला (हङकङ) बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौँ, २६ वैशाख – महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिनुभएको छ ।

समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र निरीक्षण गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । अहिले जसरी बजार सञ्चालन भइरहेको छ त्यसले कुनै पनि बेला खतरा निम्त्याउन सक्ने भन्दै उहाँले त्यसलाई कसरी हुन्छ व्यवस्थित गर्न परिषद्लाई निर्देशन दिनुभएको हो ।
चालू आर्थिक वर्षमा ४ करोड बजेट रहेको भन्दै उहाँले भृकुटीमण्डप प्रदर्शनी स्थलमा रहेको संरचनालाई सेमी पर्मानेन्ट बनाउनका निम्ति प्रक्रिया अगाडि बढाउन समेत त्यस क्रममा निर्देशन दिनुभयो ।

ुयहाँ ९भृकुटी मण्डप०मा रहेको प्रदर्शनी हल जीर्ण बनिसकेकोले यो हलको पुनर्निर्माण, स्तरोन्नति गर्न आवश्यक छ । त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोलाु, मन्त्री चौधरीले परिषद्का कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो ।

उहाँले भृकुटीमण्डपको पार्क, उद्यान लगायतका क्षेत्रको व्यवस्थापन गर्न समेत निर्देशन दिँदै भाडा नतिर्नेहरूसँग कसरी भाडा उठाउने भन्ने सन्दर्भमा योजना बनाउन निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, सरकारी संरचनामा बसेर भाडा नतिर्ने भन्ने हुँदैन । यहाँ भाडामा बसिरहेका तर लामो समयदेखि भाडा नतिर्नेहरूलाई भाडा कसरी उठाउने भन्ने विषयमा तपाईँहरूले योजना बनाएर काम गर्नुस् ।

त्यस अवसरमा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले भृकुटीमण्डप क्षेत्रका जीर्ण संरचनाहरू व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्