विश्वमा कोरोनाः १ लाख ९१ हजार भन्दा बढीको मुत्यु, अमेरिकामा मृतकको संख्या ५० हजार नघ्यो

काठमाडौँ – कोरोना भाइरसको संक्रमण बाट विश्वभरी झण्डै १ लाख ९२ हजारको मृत्यु भएको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वभरी १ लाख ९१ हजार ७ सय ९१ जनाले ज्यान गुमाएका छन् भने २७ लाख ४५ हजार भन्दा धेरै संक्रमित भएका छन् । यसको उपचारपछि ७ लाख ५५ हजार भन्दा बढी निको भएका छन् ।

यो भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा ५० हजार भन्दा धेरैको ज्यान गएको छ, भने संक्रमितको संख्या ९ लाख नजिक पुगेको छ । त्यस्तै स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत पनि यो भाइरसबाट धेरै प्रभावित हुने मुलुकहरुमा पर्दछन् । दक्षिण एसियाको सबैभन्दा बढी प्रभावित मुलुक भारत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्