नेपाल व्यापार संघले सोमबार काठमाडाैँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

। नेपाल व्यापार संघले काठमाडाैँमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान, जीवन दान’ भन्ने उद्देश्यका साथ उक्त कार्यक्रम काठमाडाैँको महाबाैद्धमा रहेको गणेश मन्दिरसँगको परिसरमा आयोजना गर्न लागेको हो ।

सो कार्यक्रम यहि बैशाख १७ गते सोमबार हुने संघले जनाएको छ । रक्तदान कार्यक्रम विहान ८ बजेदेखि संचालन हुने जनाएको छ । उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडाैँ आस्थापुञ्जले सहकार्य गर्ने भएको छ । जसमा रक्तदानसँगै मधुमेह र दन्तपरीक्षण समेत गरिने लायन्स क्लब अफ काठमाडाैँ आस्थापुञ्जका प्रेसिडेन्ट पार्वती भट्टले जानकारी दिनुभयो ।

नेपाल व्यापार संघका अध्यक्ष हरि गाैतमले रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि कर्मचारी, व्यवसायी, बुद्धिजीवी, अभिकर्ता, समाजसेवी लगायत स्थानीयवासी सहभागी भई सबैलाई रक्तदान गरी सहयोग गर्न आग्रह गरेका छन् । सोमबार हुने कार्यक्रमलाइ सम्पन्न गर्न तयारीमा जुटिरहेको र लगभग अन्तिम तयारीमा पुगेको कार्यक्रम संयोजक जयकृष्ण शर्माले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्