उद्योगी व्यवसायीका समस्या समाधानतर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण

प्रकाश भट्ट, कञ्चनपुर – कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ । आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहराले जिल्लामा रहेका औद्योगिक क्षेत्रको वृद्धि विकास र उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताए ।

महासचिव बोहराले जिल्लामा सञ्चालनमा रहेका दैजी छेला औद्योगिक क्षेत्र, सुक्का बन्दरगाह सहितका औद्योगिक क्षेत्रको योजना अघि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका समस्यामा समाधान गर्ने तर्फ सरकार लागि परेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्