सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

चौतारा – सिन्धुपाल्चोकको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

दुर्घटनामा दर्जनौं घाइते भएको र उनीहरुको उद्धार गरी अस्पताल पठाउन थालिएको प्रहरीले जनाएको छ ।  घटनाको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्