मलेसियामाथि हङकङको फराकिलो जित, सेमिफाइनलको निर्णय नेपालको खेलपछि

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत हङकङले मलेसियालाई पराजित गरेको छ ।

समुह ए अन्तर्गत समुह चरणको अन्तिम खेलमा हङकङले मलेसियालाई ७ विकेटले पराजति गरेको हो ।  मलेसियाले दिएको १४१ रनको लक्ष्य पछाएको हङकङले १२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि मलेसियाले पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएको थियो ।

यो जितपछि हङकङ समुह ए मा ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ र सेमिफाइनलको सम्भावनालाई बलियो बनाएको छ ।

अब नेपाल र साउदी अरेबियाबीचको जारी खेलमा साउदी अरेबिया पराजित भएमा हङकङ समुह उपविजेता हुदै सेमिफाइनलमा जाने छ । साउदी अरेबियाले नेपाललाई पराजित गरेमा भने राम्रो रनरेटका आधारमा साउदी अरेबिया सेमिफाइनलमा पुग्ने छ । नेपाल भने यसअघि नै समुह विजेता हुदै सेमिफाइनलमा पुगिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्