आइपिएलमा पञ्जावमाथि राजस्थान ३ विकेटले विजयी

काठमाडौँ – इण्डियन प्रिमियर लिग अन्तर्गत (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ३ विकेटले पराजित गरेको हो । पञ्जावले दिएको १४८ रनको लक्ष्य पछाएको राजस्थानले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंग गर्दै पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १४७ रन बनाएको थियो । यो जितपछि राजस्थानको ६ खेलमा ५ जित र एक हारसहित १० अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी पञ्जाव किंग्सको ६ खेलमा २ जित र ४ हारसहित ४ अंक रहेको छ ।-न्युजकारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्