नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न, अध्यक्ष गाैतमद्वारा भित्तेपात्रे २०८१ को बिमोचन

काठमाडाैं – नेपाल व्यापार संघको कार्यसमिति बैठक सम्पन्न भएको छ । बिहिबार खिचापोखरीको घुइँचो रेष्टुरेन्टमा संघका अध्यक्ष हरि गौतमको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । साथै बैठकमा बार्षिक भित्तेपात्रे २०८१ को बिमोचन समेत गरिएको छ ।

बैठकमा गत फागुन ५ गते चन्द्रागिरी नगरपालिकाको स्वीजरल्याण्डमा आयोजना गरिएको बृहत बनभोज कार्यक्रमको बारेमा समिक्षा गरिएको थियो । बैठक उपस्थित पदाधिकारीहरुले बनभोजको सकारात्मक पक्ष र नकारात्मक पक्षसँगै देखिएका कमजोरी औल्याएका थिए । कार्यक्रम अधिक वक्ताहरुले बनभोज कार्यक्रम सफल भएको र यस्ता कार्यक्रमले पारिवारिक जमघटको झल्को दिएको धारणा राखेका थिए ।

यस्तै बैठकमा रक्तदान कार्यक्रमको आयोजना गर्ने विषयमा पनि छलफल भएको छ । छिट्टै नै नेपाल व्यापार संघ केन्द्रीय कार्यालयको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गर्नेबारे छलफल भएको छ । कार्यक्रम सञ्चालन तथा उद्घोषको भूमिका महासचिव दिपक सापकोटाले गर्नुभएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कुमार कार्की, प्रथम उपाध्यक्ष गिरिराज पोखरेल, बागमती प्रदेश उपाध्यक्ष दुर्गा बहादुर गौतम बाबुराम, कोशी प्रदेश उपाध्यक्ष तेज प्रसाद आचार्य, गण्डकी प्रदेश उपाध्यक्ष जयकृष्ण शर्माले समेत आफ्नो धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्