आइपिएलमा लखनउमाथि दिल्लीको शानदार जित

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

शुक्रबार राति सम्पन्न खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । लखनउले दिएको १६८ रनको लक्ष्य पछाएको दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो । दिल्लीको जितमा जाक फ्रासर म्याकग्रुकले सर्बाधिक ५५ रन बनाएका थिए भने कप्तान ऋषव पन्तले ४१ तथा पृथ्वी शाले ३२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर रवि विश्नोईले २ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको लखनउले आयुष बदानीको ५५ र कप्तान केएल राहुलको ३९ रनको मद्धतले २० ओभरमा ७ विकेट गुमाउदै १६७ रन बनाएको थियो ।

त्यस्तै दिल्लीका बलर कुलदीप यादवले ३, खलिल अहमदले २, इशान्त शर्मा र मुकेश कुमारले एक एक विकेट लिएका थिए । यो दिल्लीको यस सिजनमा दोस्रो जित हो । ६ खेलमा २ जित र ४ हार बेहोरेको छ । त्यस्तै लखनउले ५ खेलमा ३ जित र २ हार बेहोरेको छ । -न्युजकारखाना

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्