कांग्रेसको अवरोधपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको मंगलबारको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। उनले आजै पुन: बैठक बस्ने पनि जानकारी गराएका छन्।

कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। बैठकमा सचेतक सुशीला थिङले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने अन्यथा सदन नचल्ने चेतावनी दिएकी थिइन्।

लगत्तै सभामुख घिमिरेले रास्वपा सांसद मनिष झालाई बोल्न समय दिएका थिए। तर कांग्रेस सांसदहरू बसेको ठाउँबाट उभिएर विरोध गरिरहे। रास्वपा सांसद झाले बोल्न पाएनन्। सत्तापक्षका सांसदहरू पनि उठेर विभिन्न विषयमा कुरा राख्नका लागि बोल्न पाउनुपर्ने बताएका थिए।

सभामुख घिमिरेले पटकपटक सदन चल्न दिन र सांसदहरूलाई कुरा राख्न दिन प्रतिपक्षी कांग्रेसका सांसदहरूलाई आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू उठेर विरोध गरिरहेपछि बैठक स्थगित भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्