नेरिक एकेडेमी र भेनस अस्पताल बिच सहमति

काठमाडौं – मध्यवानेश्वरमा रहेको भेनस हस्पिटल प्रा. लि र नयॅावानेश्वर शंखमुलमा रहेको नेरिक एकेडेमी बिच हस्पिटलले उपलव्ध गराउने उपचार, स्वास्थ्य जॅाच , वाल उपचार एंव परामर्श , ॲाखा उपचार, दन्त चिकित्शा, एम्वुलेन्स सेवा आदि शिर्षकको उपचार एंव सेवामा विशेष छुट संगै केहीमा निशुल्क गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा स्कुल संचालक समितिका सदस्य, शिक्षक शिक्षिका, कर्मचारी , विद्यार्थी उनका अभिभावकको उपचारमा बिशेष छुटको व्यवस्था गरिएको छ ।

विधार्थीहरुको चौतर्फि विकासमा स्वास्थ्य अवस्थाको उत्तीकै महत्व रहने भयकोले School Health Screening Program, Nutritional Counseling, अभिभावकका लागी Group Counseling Session, महिला कर्मचारी एवं विधार्थी छात्राहरुका लागी Menstrual Hygiene and Gynecology Counseling, आदि शिर्षकका स्वास्थ्य विषयमा पनी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्र भेनस हस्पिटल प्रालिका अध्यक्ष नारायण ढकाल र नेरीक एकेडेमी का अध्यक्ष प्रशान्त ढकालको उपस्थितीमा हस्पिटल General Manager मनिशा ढकाल , र विधालय प्रधानाध्यापक मिलन कॅडेल क्षेत्री ले हस्ताक्षर गर्नु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्