लुम्बिनीका मुख्यमन्त्री चौधरीले चैत्र २२ गते विश्वासको मत लिने

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् ।

नेकपा माओवादीले फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएपछि विश्वासको मत लिने अन्तिम दिन चैत्र २२ गते मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने भएका हुन् ।

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद्को बैठकले चैत्र २२ गते बिहीबार संसद् अधिवेशन  बोलाउने निर्णय गरेको हो ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा नेकपा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४ जनमत पार्टी, जसपा र लोसपाका ३-३ सिट छन् भने जनमोर्चा, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सिट रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्