हेलम्बुको पर्यटकीयस्थल शेर्माथाङमा ३ लाख पुरस्कार राशिको ‘हाइ अल्टिच्युड’ भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक –  हेलम्बुमा हाइ अल्टिच्युड भलिबल प्रतियोगिता हुने भएको छ। करिव २५ सय मिटरको उचाइमा रहेकको हेलम्बुको पर्यटकीयस्थल शेर्माथाङमा ३ लाख पुरस्कार राशिको भलिबल प्रतियोगिता हुने भएको हो । बागमती प्रदेशस्तरीय अन्तरपालिका अध्यक्ष कप पुरुष र महिला भलिबल प्रतियोगिता हुन लागेको हो।

खेल पर्यटन प्रवर्द्धन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। प्रतियोगिता २०८० चैत्र २३ देखि ३० गतेसम्म हुनेछ। पुरुषतर्फको खेल चैत्र २३ देखि २६ गतेसम्म हुनेछ। यसैगरी, चैत्र २७ गतेदेखि ३० गतेसम्म महिलातर्फका खेल हुने आयोजकले जनाएको छ।

खेलमा प्रथम हुने महिला तथा पुरुषको टोलीले ३ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र पुरस्कार पाउनेछ। यसैगरी द्वितीय हुने टोलीले १ लाख ५० हजार रुपैयाँ र तृतीय हुने टोलीले ७५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन्।

उत्कृष्ट स्पाइकर, उत्कृष्ट सटर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर र उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्र दिइने आयोजकले बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्