गृहमन्त्री लामिछानेलाई सांसद बडूले भने – ‘सहकारी ठगी छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्छ’

File Photo

काठमाडौँ – नेपाली काँग्रेसका नेता एवं सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने बताएका हुन् ।

‘सहकारी ठगी प्रकरणमा कति समातिए, कति फरार छन् । धेरै सहकारीमा राखिएको रकम अपचलन भएको छ । पोखरा बुटवलका सहकारीबाट गोरखा मिडिया नेटवर्कमा १० करोडमा आएको र १ करोड रवि लामिछानेको नाममा आएको भनिएको छ ।’ उनले भने, ‘यसमा छानबिन भइरहेको छ भन्ने छ, यसको छानबिनका लागि उहाँले त्यो छानबिन नकिएसम्म मन्त्रीबाट बाहिर निस्केर सहयोग गर्नुहुनेछ भन्ने हामीले आशा गरेका छौँं।’

सांसद बडुले यो व्यवस्थालाई जोगाउने अवसर पनि भएको बताए । बडुले भने, ‘‘यो व्यवस्थालाई जोगाउने यो अवसर पनि हो । यसरी छानबिनलाई विश्वसनीय बनाउन सकिन्छ, विदेशमा भागेकालाई पनि रेड कर्नर नोटिस जारी गरेको भन्ने छ, त्यसमा प्रष्ट पार्न आग्रह गर्दछु ।’

बडूले सांसद विनोद चौधरीमाथि छानबिन गर्दैछौं भनेर सभामुखलाई पत्र लेख्नुको कारण समेत उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग माग गरेका छन् । सांसद बडूले सुन तस्करी छानविन आयोगले बुझाएको प्रतिवेदन पनि सार्वजनिक गर्न माग गरेका छन् । प्रतिवेदन सार्वजनिक भएमात्रै प्रतिवेदन अनुसार कारवाही भए नभएको थाहा हुने उनकाे भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्