नेपाली राजनीतिमा नयाँ तरंग, मध्यरातमा राजपा र समाजवादी पार्टीबीच एकता

काठमाडौं – समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच पार्टी एकता भएको छ ।

नयाँ पार्टीको नाम ‘जनता समाजवादी पार्टी’ रहने छ । झण्डा समाजवादीको र चुनाव चिन्ह राजपाको हुनेछ ।

सरकारले ल्याएको नयाँ अध्यादेशका कारण समाजवादी पार्टी फुट्ने अनुमान भइरहेका बेला दुई पार्टीले बुधबार एकता गरेका हुन् ।

राजपा अध्यक्ष मण्डलका संयोजक शरदसिंह भण्डारीको निवासमा दुवै पार्टीका शीर्ष नेताहरुबीच एकता वार्ता भएको थियो ।

श्रोत: अनलाइनखबर

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्