नेपाली काँग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक, सरकारले ल्याएको अध्यादेशका विषयमा विशेष छलफल हुने

काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैशाख १७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भव, सानेपामा बस्नेछ । बैठकमा हालै सरकारले ल्याएका दुई अध्यादेशको विषयमा छलफल हुने बुझिएको छ ।

बुधबार मात्रै कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

संकटको बेलामा सरकारले ‌औचित्यहीन दुई अध्यादेश ल्याएकोले त्सविरुद्ध प्रतिरोध आन्दोलन गर्नु पर्ने कांग्रेस केन्द्रीय सदस्यहरुको माग छ ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्नसक्ने सम्बन्धी व्यवस्था गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्