सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको छ : मन्त्री भण्डारी

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार लगानीमैत्री वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।

न्यूज बिजनेस एज प्रालिले आयोजना गरेको आठौँ संस्करणको ‘न्यूबिज बिजनेस कनक्लेभ एण्ड अवार्ड’ वितरण समारोह तथा ‘कठिन समयमा व्यापार अवसर’ विषयक छलफल कार्यक्रममा उहाँले सरकार लगानीमैत्री वातावरण बनाउन द्रूत गतिमा आवश्यक कानुन संशोधनको तयारीमा जुटेको बताउनुभयो ।

आगामी वैशाख १५ र १६ गते सरकारले लगानी सम्मेलनको आयोजना गरेको जानकारी गराउँदै मन्त्री भण्डारीले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी व्यवसायीलाई आग्रह गर्नुभयो । साना तथा मझौला उद्योगको प्रवद्र्धनमा सरकार अग्रसर भइरहेको जनाउँदै उहाँले रुग्ण अवस्थामा पुगेका उद्योग सञ्चालनका लागि अध्ययन गरिने बताउनुभयो ।

उहाँले छिट्टै सरकारले वाणिज्य नीति समयानूकुल परिमार्जन गर्ने बताउनुभयो । उद्योगी तथा व्यवसायीका समस्या समाधानका लागि सरकार संवेदनशिल रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले निजी क्षेत्र समृद्ध नभएसम्म देशको अर्थतन्त्र माथि उठ्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा भारतको उद्योग वाणिज्य महासङ्घका वरिष्ठ सल्लाहकार मानव मजुमदार, युनिलिभरका प्रबन्ध निर्देशक अमलान मुखर्जी, निम्बुस होल्डीङ प्रालीका प्रबन्ध निर्देशक आनन्द बगरिया र भाइनेट कम्युनिकेशनका प्रमुख कार्यकारी अधिकृत सेवा पाठकले कठिन समयमा व्यापार अवसरका विषयमा छलफल गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्