नेक्सस् स्कुलमा लागूऔषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धि कार्यक्रमको आयोजना

काठमाडाैं – सामुदायिक सेवा तथा विकास समाज एवम् सामुदायिक प्रहरी सेवा केन्द्र र नेक्सस् इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा लागू औषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमको आयोजना गरिएको छ ।

बुधबार विहान प्रभात र्‍यालीको आयोजना समेत गरिएको छ । प्रभात फेरीमा प्रहरी प्रभाग कोटेश्वर, प्रहरी बृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग काँडाघारी र ट्राफिक प्रहरी प्रभाग कोटेश्वर, नेक्सस् स्कुल, सामुदायिक सेवा तथा विकास समाज एवं सामुदायिक प्रहरी सेवा केन्द्र आयोजक रहेर करिब ५ सय जनाको उपस्थितिमा प्रभातफेरी र्‍याली निकालिएको थियो । टाउनप्लानिङमा रहेको फुटवल ग्राउण्डमा र्‍याली निकालिएको थियो भने विद्यालय प्राङगणमा पुगेर समापन गरिएको थियो ।

प्रभातफेरी र्‍याली प्रश्चात नेक्सस् इन्टरनेशनल एकेडेमीका संस्थापक आरबी कटवालको सभापतित्व तथा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यता लागू औषध नियन्त्रण तथा साईबर अपराध न्यूनीकरण सम्बन्धि सचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको हो ।


बढ्दो प्रविधिको चरम दुरुपयोग, त्यसमा पनि मुख्य गरी मोबाइलको प्रयोगका कारण यति बेला साइबर क्राईममा वृद्धि भइरहेको वक्ताहरुले धारणा राखेका थिए । वर्तमान समयमा प्रविधिको विकाससँगै यसको उपयोग भन्दा दुरुपयोग बढी हुँदा युवा पीढी मारमा परेकोले यसलाई नियन्त्रण गर्न सर्वप्रथम अभिभावक जिम्मेवार बन्नुपर्ने तथा त्यससँगै यसको रोकथाम र नियन्त्रण गर्न विद्यालय स्तरबाट विद्यार्थीहरूले अझ अभियन्ताका रूपमा सक्रियता देखाउनु पर्ने विचार राखेका थिए ।

साइबर अपराध घट्नाबाट जोगिन अपनाउनु पर्ने तरिका, त्यसका फाईदा तथा बेफाईदा र कानुनी प्रावधानका बारेमा सचेतनामूलक प्रशिक्षण प्रदान गरेका थिए । कार्यक्रममा लागु औषध सेवनले पारेको प्रभाव, परिवारमा देखिएको समस्याबारे फोटो, भिडियो तथा डकुमेन्ट्री सहित जनचेतनामूलक सामग्री समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले विद्यालयमा यस्तो कार्यक्रमले सकारात्मक सन्देश दिने भन्दै विभिन्न प्रभागहरुबाट गरिएको प्रस्तुतीको प्रशंसा गर्नुभयो । उहाँले पहिला व्यक्ति सुधार भए समाज सुधार हुने तथा समाज सुधार भए टोल सुधार हुने अनि यसैगरी सिँगो देश नै सुधार हुने भन्दै यस्ता सचेतनामूलक कार्यक्रममा हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । विद्यालय विभिन्न समुदायका विद्यार्थीहरुको उपस्थिति रहने थलो भएकाले यसले सबैमा सकारात्मक सन्देश जाने बताउनुभयो । उहाँले अब विद्यार्थीले पनि अभिभावक सँग आफूलाइ परेका समस्या खुलेर भन्न नडराउन र साथीहरुको संगतमा फसेर लागुऔषध सेवन नगर्न सुझाव दिनुभयो ।

यस्तै कार्यक्रममा स्कुलका संस्थापक आरबी कटवालले कार्यक्रमको उद्देश्य तथा औचित्यबारे प्रकाश पारेका थिए । उहाँले कार्यक्रममा सहजीकरणगर्ने संघ संस्थाहरुलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । कार्यक्रममा अन्य विद्यालयका प्रतिनिधि, विद्यार्थी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्