देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्छ : बद्री पाण्डे

काठमाडौं – नेपाली काँग्रेसका सांसद बद्रि पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस–एमाले एक हुनुपर्ने बताएका छन् ।

आइतबार संघीय संसदन भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशमा आएको संकट समाधान र व्यवस्थाको औचित्यमाथि उठेका प्रश्नको जवाफ दिन कांग्रेस–एमाले एक हुनुपर्ने बताएका हुन् ।

यद्यपि, कांग्रेस वर्तमान प्रधानमन्त्री हटाएर नयाँ सरकार बनाउने पक्षमा नरहेको उनको भनाइ छ । सरकार परिवर्तन नगरी देशमा आएका संकटको समाधानका लागि कांग्रेस–एमाले मिल्नुपर्ने सांसद पाण्डेको विचार छ ।

व्यवस्थाको औचित्यमाथि नै मानिसहरुले प्रश्न उठाउन थालेकोले कांग्रेस–एमाले एकजुट हुनुपर्नेमा जोड दिएका उनले अहिलेको राजनीतिक व्यवस्थाको कांग्रेस–एमाले संस्थापक पार्टी भएकाले यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्