बाँसबारीको जग्गा सरकारकाे मातहत ल्याउन र सुन तस्करीलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

File Photo

काठमाडौं, ४ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको मातहतमा ल्याउने प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

 

गृह सचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआईबी प्रमुख श्याम ज्ञवालीसहितलाई आइतबार गृहमन्त्री लामिछानेले सो निर्देशन दिएका हुन् । यसका लागि आइतबारबाटै प्रक्रिया थाल्न सम्बन्धित् पक्षलाई उनले निर्देशन दिएका हुन् ।

 

साथै उनले सुन तस्करी काण्डमा मुछिएका र जाँचबुझ आयोगले दोषी किटान गरेका व्यक्तिहरूमाथिको कारबाही प्रक्रियाअघि बढाउन निर्देशन दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्