नेकपा एमाले कञ्चनपुरको अध्यक्षका लागि अशोक चन्द र लक्ष्मी बुढाको उम्मेदवारी

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको छ। सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु गरिएको हो। एमाले कञ्चनपुरको अध्यक्षका दुई जनाको उम्मेदवारी परेको छ। अध्यक्षमा अशोक कुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दिएका छन्।

जिल्ला उपाध्यक्ष पदमा हिरा चन्द, विष्णुदत्त अवस्थी, जनकराज अवस्थी, विष्णु कँडेलले उम्मेदवारी दर्ता गराएका छन् भने सचिवमा पल्वराज भट्ट, कर्णबहादुर चन्द र राधाकृष्ण जोशी (ज्वाला)ले प्रतिस्पर्धा गर्दैछन्। उपसचिवमा १० जनाको उम्मेदवारी परेको छ।

प्रमुख निर्वाचन अधिकृत भोजराज पाठकका अनुसार उपसचिवमा जगतबहादुर सिंह, भारमल सुनार, आरपी सार्की, कुमारी लक्ष्मी भट्ट, राजिव खड्का, केशवबहादुर चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द र चादनी धामी राना रहेका छन्। एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४मतदाता रहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्