जनमत पार्टीको केन्द्रिय समिति बैठक आज पनि जारी रहने

बिरगञ्ज, ४ चैत । जनमत पार्टीको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ ।

 

हिजो देखी बिरगञ्जमा सुरू भएको केन्द्रीय कमिटीको बैठक विरगंजको क्लासिक व्याङ्क्विटमा जारी रहेको छ ।

सो पार्टीका प्रवक्ता डा. शरद यादवका अनुसार हिजोको बैठकमा अध्यक्ष डा. सिके राउतले समसामयिक राजनीतिक बिषय तथा प्रतिपक्षमा पुगे पछि पार्टीले खेल्ने भुमिकाका बिषयमा ब्रिफिङ गरेका छन ।

 

जारी बैठकले पार्टीको आगामी कार्य नीति एवम् योजना तय गर्नुका साथै पछिल्ला राजनीतिक घटनाक्रबारे पनि छलफल गरिरहेको छ ।

बैठकमा केन्द्रीय सचिवालय समिति, केन्द्रीय कार्यकारिणी समिति, केन्द्रीय राजनीतिक समितिसहित केन्द्रीय सदस्यहरुको सहभागी रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्