नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको पीभीएसटी बैठक सम्पन्न

काठमाडाैं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको पीभीएसटी (PVST) बैठक २०८० सम्पन्न भएको छ ।

शुक्रवार भक्तपुरको नगरकोटमा रहेको बोजीनी रिसोर्टमा उक्त बैठक सम्पन्न भएको छ । काठमाडौँ जिल्ला भित्र रहेका सबै नगर समिति, महानगर समितिहरुलाई समेटेर पीभीएसटी बैठक सम्पन्न गरेको हो ।

कार्यक्रममा जिल्ला अध्यक्ष अमृत कुमार खड्काको सभापतित्वमा आयोजित उक्त बैठकमा नगर समति, महानगरसमितिका अध्यक्ष, कोषाध्यक्ष, सचिव लगायतले आफ्नो प्रतिवेदन समेत पेश गरेका थिए ।

प्रतिवेदनमा संगठनको गतिविधि, प्रगति लगायतका प्रशासनिक गतिविधि सहितको प्रतिवेदन अध्यक्ष र सचिवले पेश गरेका थिए भने समितिको आर्थिक गतिविधि, आयव्यव विवरण भने कोषाध्यक्षले प्रस्तुत गरेका थिए ।

जसमा टोखा नगर समितिले अन्य समितिको तुलनामा आर्थिक प्रगति गरेको पाइएको छ । जसका कारण टोखा नगरपालिकालाई सबैले बधाई समेत दिएका थिए ।
बैठकमा काठमाडौँ जिल्ला समितिका सम्पूर्ण पदाधिकारी तथा अन्य समितिका पदाधिकारीको उपस्थिति रहेको थियो ।

उक्त बैठकले जिल्ला भित्रका सम्पूर्ण सदस्य विद्यालयहरूमा शैक्षिक सत्र २०८१ मा सञ्चालन गरिने शैक्षिक गतिविधि, अतिरिक्त क्रियाकलाप, परीक्षा लगायतका कार्यक्रमहरू लागू गर्ने निर्णय सहित बार्षिक क्यालेन्डर प्रकाशन समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्