कञ्चनपुरको लालझाडीबाट सालका गोलियासहित एक जना पक्राउ

File Photo

कञ्चनपुर, २ चैत । लालझाडी गाउँपालिका-४ जाँईबाट १५ गोलिया सालको काठसहित प्रहरीले एक जना पक्राउ गरेको छ।

शुक्रबार जाँई शिविरमा बस्ने जितेश रानालाई राँगा गाडामा काठ ढुवानी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बरामद गरिएको करिब २१ क्युविक फिट काठसहित पक्राउ परेका व्यक्तिलाई डिभिजन वन कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्