लागूऔषधसहित तीनजना पक्राउ

काठमाडाै‌ं, २ चैत । कैलाली र तनहुँबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय नैन सिंह साउदलाई  प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

कैलालीकै लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने भारत उत्तर प्रदेश घर भएका ४० वर्षीय मनमोहन तिवारीलाई  प्रहरीले पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

तनहुँकाे आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४७ एम्पुल, नोर्फिन ४७ एम्पुल, फेनारगन ४७ एम्पुलसहित रूपन्देही घर बताउने २८ वर्षीय जनक हरिजनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले ना.५ ख ४०३३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्