नेप्से परिसूचक साढे ५८ अंकले वृद्धि

काठमाडौं, २९ फागुन । नेप्से परिसूचक साढे ५८ अंकले वृद्धि भएको छ । मंगलबार ५८.५५ अंकले बढेको सेयर बजार २१११.२१ विन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन ३०५ कम्पनीको १ करोड ६ लाख ९ हजार ५९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँको कारोबार भएको छ ।

यसदिन २२० कम्पनीको सेयर मूल्य बढ्दा २२ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्