टि-२० सिरिजमा नेपालले पिएनजीको सामना गर्ने

काठमाडौं – हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् । आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदै छ ।  नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुने छ । यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए ।  अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ । मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्