छुट्टै गठबन्धन बनाउन देउवाको सक्रियता, नेपाललाई भेटेपछि मधेशवादी नेताहरुलाई भेट्दै

File Photo

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलका नेताहरूलाई फोन गरेर आफूलाई साथ दिन आग्रह गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन भत्काएपछि कांग्रेस सभापति देउवाले तत्कालीन साझेदार दलको साथ खोजेका हुन् ।

देउवाले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता शरदसिंह भण्डारीलाई टेलिफोन गरेर सहकार्यको प्रस्ताव राखेका थिए ।  देउवाले आज ठाकुरसँग भेटवार्ता गर्ने छन् । देउवाले जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पनि कुराकानी गरेका थिए । देउवाले राउतलाई पनि सहकार्यका लागि प्रस्ताव गरेका थिए ।

मधेसी दलका नेताहरुसँग नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले पनि कुराकानी गरिरहेका छन् । यसअघि कांग्रेस नेतृत्वको गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पनि देउवाले भेटवार्ता गरेका थिए ।

बुधबार बिहान देउवा पत्नी आरजु राणा, संसदीय दलका प्रमुख सचेतक रमेश लेखक लिएर नेपालको निवास कोटेश्वर पुगेका थिए । देउवाले प्रचण्डबाट धोका भएको भन्दै सहकार्यका लागि प्रस्ताव गरेको लेखकको भनाइ थियो । यस्तै देउवाले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग पनि देउवाले टेलिफोन संवाद गरेका थिए । देउवाले जनमत, लोसपा र नाउपाका नेताहरूलाई आज अपराह्न चार बजे आफ्नो निवास बुढानीलकण्ठ बोलाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्