रास्वपाको सचिवालय बैठक जारी, रवि पुन: गृहमन्त्री बन्लान् ?

File Photo

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक जारी छ। आइतबार बिहानैदेखि पार्टी सचिवालयको बैठक जारी रहेको छ ।

संक्रमणकालीन न्यायमा दलहरू लचिलो भएसँगै राजनीतिक घटनाक्रमले तीव्रता लिएको छ।

अहिले बिहान प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको भक्तपुर बालकोटस्थित निवासमा बसिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले पनि विकसित पछिल्लो राजनीतिक घटनाक्रम र संक्रमणकालीन न्यायबारे छलफल गर्न बैठक बोलाएको हो। आइतबार बेलुका रास्वपा सभापित रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भएको थियो । नयाँ समिकरण बने रास्वपा सरकारमा जान सक्ने छ । पुरानै गठबन्धन ब्युताउने नेताहरुकाै प्रयास जारी छ । पुरानो गठबन्धनको सरकारमा रवि लामिछाने गृहमन्त्री बनेका थिए ।

यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का बालुवाटार पुगेका छन्। उनीहरू बालुवाटार पुगे पनि गठबन्धन बैठक भने बस्ने, नबस्ने टुंगो नलागेको एक नेताले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्