नेक्ससले २०० जना क्रिकेटर लाई २० दिने निशुल्क क्याम्प गर्ने

काठमाडौं – काठमाडौंकाे पेप्सीकाेमा रहेकाे नेक्सस क्रिकेट एकेडेमीले यस बर्ष SEE दिने २०० जना क्रिकेट खेलाडीहरू लाई २० दिने निशुल्क क्रिकेट क्याम्प आयोजना गर्ने भएकाे छ ।

ग्रासरूट क्रिकेट बिकासमा काेषेढुङगा साबित SEE क्याम्प लाई निरन्तरता दिदै नेक्ससले SEE क्याम्प काे पांचाै संस्करण २०८० चैत्र २८ गते देखि २०८१ बैशाख १८ गते सम्म मुलपानी क्रिकेट रंगशाला र एकेडेमीको प्राङ्गणमा संचालन गर्न लागेकाे नेक्सस क्रिकेट एकेडेमीले जनाएकाे छ ।

उक्त क्याम्पमा सहभागी हुन खेलाडी हरूले अनलाइन फारम भर्नु पर्ने छ । फारम भर्ने पहिलाे २०० जना लाई क्याम्पमा सहभागी गराईने बताईएकाे छ ।

उक्त क्याम्प मा सहभागी खेलाडी लाई पाकिस्तान काे पहिलाे श्रेणी का खेलाडी रहिसकेका पाकिस्तान क्रिकेट बाेर्डबाट लेभल १ गरेका प्रशिक्षक ईम्तिहाज हुसेन र बरिस्ठ नेपाली प्रशिक्षक हरूले ट्रेनिङ दिने बताउदै हरेक खेलाडी लाई १० खेल खेल्ने अबसर प्रदान गर्ने कुरा नेक्सस का अध्यक्ष भरत कुमार शाहीले जानकारी गराउनु भयाे ।

SEE क्याम्प क्रिकेटका नव प्रतिभा हरूकाे खाेजी गरि नेपाली क्रिकेट लाई अब्बल खेलाडी सुम्पिने महत्त्वपूर्ण अभियान रहेकाे बताउदै नेक्सस क्रिकेट एकेडेमीका ब्यबस्थापक कमल कटुवालले SEE क्याम्प बाटै नेपालकाे अन्डर नाईनटिन टिमका महत्त्वपूर्ण खेलाडी उत्तम थापा मगर र अन्डर सिक्सटिनका अशाेक धामी लगायतका दर्जन खेलाडी जन्मिएकाे स्मरण गराउनु भयाे ।

पुर्ण निशुल्क संचालन हुने SEE क्याम्प लाई सफलपार्न सहयोग का लागि सराेकार वाला सबैमा नेक्सस क्रिकेट एकेडेमीले अपिल समेत गरेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्