सांसद बडूले सदनमा कृषिमन्त्री खोजे ! (भिडियो)

काठमाडौँ – नेपाली काँग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले संसदमा कृषिमन्त्रीको खोजी गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै सांसाद बडूले किसानहरुले केहिदिनदेखि लगातार दुध सडकमा फालिरहेको कृषिमन्त्रीले देख्नुभएको छ कि छैन भनि प्रश्न समेत गरेका छन् । उनले कृषकहरुको यस्तो अवस्था देख्दा सरकार किन मौन बसेको भनेर सरकारको आलोचना समेत गरेका छन् । ‘केहि दिन देखि लगातार किसानहरुले सडकमा दुध फालिरहेका छन्, यस्तो हृदयविदारक चित्र देखेर सरकारको मन किन छुदैन’ सांसद बडूले भने, ‘कृषिमन्त्री कहाँ हुनुहुन्छ, के गर्दैछ सरकारले यसका निमित्त सदनलाई जानकारी हुनुपर्‍यो ।’

यस्तै सांसद बडूले मिटरब्याजीका समस्याहरु सामाधान गर्न समेत सरकारले पहल गुर्नपर्नेमा जोड दिए । कानुनमा त्रुटिभएमा सरकारले सदनमा ल्याउनुपर्नेमा उनको माग छ । कानुन संसोधन गरेर पनि पिडितलाई न्याय दिन सकिने बडूको तर्क छ । सरकारले कानुन कार्यान्वयन गर्न नसक्नु गम्भीर विषय भएको उनको भनाई छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्