भोटेबहाल तयारी पोसाक उत्पादक तथा बिक्रेता संघको साधारण सभा तथा बनभोज कार्यक्रम शनिवार हुने

काठमाडौ – भोटेबहाल तयारी पोसाक उत्पादक तथा बिक्रेता संघको आठौं साधारण सभा तथाबृहत बनभोज कार्यक्रम शनिवार भव्यताका साथ सम्पन्न हुने भएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष कुमार कार्कीको प्रमुख आतिथ्यता तथा नेपाल व्यापार संघका अध्यक्ष तथा यसै संघका सल्लाहकार हरि गौतमको विशिष्ट आतिथ्यतामा फागुन १९ गते आगामी शनिवार साधारण सभा तथा बृहत् बनभोज कार्यक्रम आयोजना हुन लागेको भोटेबहाल तयारी पोसाक उत्पादक तथा बिक्रेता संघका महासचिव मिलन शर्माले जानकारी दिनुभयो ।

आज बसेको कार्यसमितिको बैठकले उक्त निर्यणहरू गरेको हो । कार्यक्रममा पूर्व अध्यक्ष तथा संघका सल्लाहकार चन्द्रबहादुर लामिछाने तथा सल्लाहकार मुमताज अन्सारीको समेत उपस्थिति रहनेछ ।
यसैगरि कार्यक्रममा विभिन्न संघ संस्थाका पदाधिकारी लगायत कार्यसमितिका पदाधिकारी, सदस्यहरू लगायतको उपस्थिति रहनेछ ।


कार्यक्रमको सभापतित्व संघका वर्तमान अध्यक्ष कुशुम महर्जनले गर्नुहुनेछ । यस्तै बरिष्ठ उपाध्यक्ष विणुप्रसाद गौतम, शिव बहादुर कुवर केसी, विजुरच्न बज्रचार्य, धनश्याम नेपाल, जकिर हसेन अन्सारी, राजेश कुमार दाश तथा महासचिव मिलन शर्मा, कोषध्यक्ष राज कुमार केसी, सचिव बसन्त कुमार थापा मगर, ज्ञानुरत्न महर्जन, सह कोषध्यक्ष आशिष तथा सदस्यहरू सैफ अन्सारी, जमुना आचार्य, अनुप बल, अर्जुन अछामी, रमेश गुप्ता, पुष्पराज ढुंगाना, अनिता सापकोटा नेपाली, विष्णु शिवाकोटी, सुनिल पोखरेल, अरुणा श्रेष्ठ, मन्जु महर्जनको उपस्थिति रहनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्