संघीय संसदका ८ समितिका बैठक एकैपटक बस्दैँ

काठमाडौं, १५ फागुन । संघीय समितिका ८ वटा समितिका बैठक आज बस्दैँछन् ।

 

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा ८ वटा समितिका बैठक बस्न लागेको हो ।

 

जस अनुसार अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समितिसहित शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैँछ ।

 

आजै  सार्वजनिक लेखा समिति दिगो विकास तथा सुशासन समिति विधायन व्यवस्थापन समिति राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्न लागेको संघीय संसद सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार ११ बजे देखी दिउँसो २ बजेका लागि बैठकहरू बोलाइएका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्