एनआरटी केपी ओली कपको सेमिफाइनलमा

काठमाडौँ, १३ फागुन । एनआरटी केपी ओली फुटबल कपको सेमिफाइनलमा पुगेको छ ।

 

आइतबार सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै एनआरटी प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

 

एनआरटीको जितमा खेलको २८औं मिनेटमा बिबेक गुरुङले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । बिबेकले फ्री-किकबाट गोल गरेका थिए ।

अब एनआरटीले सेमिफाइनलमा जवालाखेल युथ क्लब र केपी ओली एफसीबीचको विजेताले खेल्ने छ । सेमिफाइनल खेल फागुन १७ मा हुने छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्