दार्चुलाकी युवती कञ्चनपुरको एक वडा कार्यालयभित्र मृत फेला

सांकेतिक तस्बिर

काठमाडौँ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयको सभाहलभित्र एक युवती झुण्डिएको अवस्थामा फेला परेकी छिन् ।  उनी आइतबार बिहान ४ बजेको समयमा मृत फेला परेकी हुन् । योगा गर्न जाने मानिसहरुले युवती झुण्डिएको देखेर प्रहरीलाई खबर गरेका थिए ।

दार्चुला घर भइ कञ्चनपुरस्थित एक नगर प्रहरीसँग विवाह गरी बस्दै आएकी २० वर्षीया प्रमिला धामी मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी टोली परिचालनसँगै घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्