लुम्बिनी प्रदेश सभा सदस्य यादव निलम्बित

फागुन, काठमाडौं । लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव प्रदेशसभा सदस्यबाट निलम्बित भएका छन् । यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा गरेकाले उनी स्वतः निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सचिवालयले सूचना निकालेर जानकारी दिएको छ ।

कपिलवस्तु–३ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित यादवविरुद्ध गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले काटेको काठ लुकाएर मिलेमतोमा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्