थापाथली अस्‍पतालबाट चोरी भएको शिशुको काँडाघारीबाट उद्वार

काठमाडौं- काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्‍पतालबाट चोरी भएको शिशुलाइ प्रहरीले फेला पारेर उद्धार गरेको छ।

शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने शिशु प्रसुतिगृहबाट चोरी भएको थियो। त्यसपछि प्रहरीलाइ खबर भएपछि प्रहरी खोजीमा जुटेको थियो । काठमाडौं प्रहरीले मध्यरातमा उक्त शिशुको उद्धार गरेको हो।

गएराति १२ बजे काठमाडौंको काँडाघारीबाट उद्धार गरेको छ भने चाेरी गर्ने महिलालाई पनि प्रहरीले पक्राउ गरेको छ।

घटनाबारे प्रहरीले प्रेस विज्ञप्ति सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अस्पतालमा ती महिलाले केहीबेर बोकिदिने भनेर शिशु लिएकी थिइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्