माउण्ट सेव स्कुल र गेटवे एकेडेमी अर्किड कप २०८० को फाइनलमा, फाइनल खेल शनिवार

काठमाडाैं – अर्किड कप २०८० अन्तर्गत आज सेमिफाइनका खेलहरु सम्पन्न भएका छन् । जसमा माउण्ट सेव स्कुल र गेटवे एकेडेमी फाइनलका लागि छनोट भएका छन् । अब भोलि शनिवार यी दुई स्कुलहरु अर्किड कपको विजेताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

आज भएको पहिलो सेमिफाइनल खेलमा गेट वे एकेडेमीले ब्रह्मकुञ्ज स्कुललाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ । गेटवेका रजत बस्नेतले प्रहार गरेका २ वटा आकर्षक गोलले गेटवेलाई सहज जित निकाल्न सहयोग पुग्यो । उक्त सेमिफाइनल खेलको म्यान अफ द म्याच भने ब्रह्मकुञ्जका राजदिप पण्डित चुनिएका छन् ।

यसैगरी दोस्रो सेमिफाइनल खेलमा माउण्ट सेव स्कुलले गोल्डेन बड स्कुललाई ३–० गोलको अन्तले पछि पछि पार्दै फाइनलमा प्रवेश गरेको छ । माउण्ट सेबका आशिष गौतम, आयुक सिँह र आयुतोष गौतमको एक/  एक गोलले माउण्ट सेवलाई फाइनलमा प्रवेश गराएको छ ।

भोलि शनिवार फाइनल खेल दिउँसो २ बजेदेखि हुनेछ भने तेस्रोको लागि ब्रह्मकुञ्ज स्कुल र गोल्डेन बड स्कुल दिउँसो १२ बजेर ३० मिनेटमा प्रतिष्पर्धा गर्नेछन् ।

विजेता हुने टिममध्ये प्रथम हुने टीम विद्यालयलेले ३० हजार, द्धितीय हुने टीम स्कुलले २० हजार, तेस्रो हुने टीम स्कुलले १५ हजार र चौथो हुने टिम विद्यालयले १० हजार पाउनेछन् । यो सँगै चारै टिमले ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतिगोगितालाई सम्पन्न गर्न ग्रामर स्कुल तथा कलेज, फोटो संसार, लोकन्थली भक्तपुर तथा आशा बुक्स सिफलले सहयोग गरेको आयोजक विद्यालयका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले जानकारी दिनुभयो । समापन कार्यक्रम तथा भव्य कार्यक्रमका विच सम्पन्न गरिने आयोजक विद्यालयले जनाएको छ ।

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्