राहतको नाममा गुणस्तरहिन खाद्यवस्तु वितरण गरेको आरोपमा मेयर पक्राउ

काठमाडौं – लकडाउनको समयमा विपन्नहरुलाई राहतका लागि गुणस्तरहिन खाद्यबस्तु वितरण गरेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो उनलाई कलैयाबाट नियन्त्रणमा लिएको हो ।

मेयर रायले राहतका नाममा गुणस्तरहीन चामल, दाललगायतका उपभोग्य वस्तु वितरण गरेको उजुरी परेपछि उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, बाराका एसपी कृष्ण पंगेनीले जानकारी दिए । मेयर रायलाई अहिले जिल्ला प्रहरी कार्यालय, कलैयामा राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्