आजबाट भारतमा महिला प्रिमियर लिग हुदैँ, शाहरूख खानको पनि उपस्थिति रहने

बैंग्लोर, ११ फागुन । भारतीय महिला प्रिमियर लिग २०२४ आजबाट सुरु हुदैँछ ।

 

यो लिग यही शुक्रबार अर्थात २३ फेब्रुअरीबाट सुरु हुँदाँ यसको उदघाटन खेल बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।

यो खेल डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स बीच हुनेछ । खेल साँझ ७ः३० बजे सुरु हुनेछ तर यस प्रतियोगिताको उद्घाटन समारोह त्यसको एक घण्टा अगाडि अर्थात् साँझ ६ः३० बजेबाट सुरू हुनेछ । जसमा बलिउडका ठूला स्टारहरु तरंग मच्चाउने छन् ।

महिला प्रिमियर लिग २०२४ को उद्घाटन समारोहमा वरुण धवन, टाइगर श्राफ, कार्तिक आर्यन, शाहिद कपूर र सिद्धार्थ मल्होत्रा ​​जस्ता सुपरस्टारहरूले दर्शकहरूलाई मनोरञ्जन दिनेछन्। यस क्रममा शाहरुख खान पनि उद्घाटन समारोहमा उपस्थित हुनेछन् ।

गत वर्षको उदघाटन समारोह भन्दा यस वर्षको उद्घाटन समारोह भव्य हुने अनुमान गरिएको छ ।

महिला प्रिमियर लिगको उद्घाटन समारोहको लाइभ स्ट्रिमिङ जियो सिनेमा एपमा हेर्न सकिन्छ। साथै स्पोर्टस–१८ च्यानलमा प्रत्यक्ष प्रसारण पनि हेर्न सकिनेछ ।

 

महिला प्रिमियर लिगको यो दोस्रो सिजन हो । पहिलो सिजन एउटै स्थानमा खेलाइएको थियो तर यस पटक लिग दुई स्थानमा खेलाइनेछ । बैंगलोर र दिल्लीलाई यस लिगको आयोजक सहरको रूपमा छनोट गरिएको छ। २३ फेब्रुअरी देखि ४ मार्च सम्मको उद्घाटन खेल देखि सबै खेलहरू बैंगलोरको एम चिन्नास्वामी स्टेडियममा खेलाइनेछ।

 

यसपछि लिग चरणका बाँकी खेलहरू र एलिमिनेटर र फाइनलका खेलहरू मार्च ५ देखि दिल्लीको अरुण जेटली स्टेडियममा हुनेछन्। दुवै स्थानमा ११–११ खेल हुनेछन् ।

 

यसपटक महिला प्रिमियर लिगमा कुल २२ खेल हुनेछन् । लिग चरणमा पाँच टोलीले एक एक गर्दै आमनेसामने गर्नेछन् । प्रतियोगिताको फाइनल खेल १७ मार्चमा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्