आठौँ अर्किड कप : क्वाटरफाइनलका खेलहरु सम्पन्न, शुक्रबार सेमिफाइनलका खेलहरु हुने

काठमाडौँ – आठौँ अर्किड कप जुनियर फुटवल प्रतियोगिता २०८० को आज सातौँ दिन क्वाटरफाइनलका खेलहरु सम्पन्न भएका छन् । आज भएका ४ खेलमा विजेता सबै टोली सेमिफाइनल प्रवेश गरेका छन् । आज ब्रह्मकुञ्ज स्कुल र श्री सञ्जय साई स्कुलबीच पहिलो खेल भएको थियो । जसमा ब्रह्मकुञ्ज स्कुल २–१ गोलले विजयी भएको छ । ब्रह्मकुञ्जका प्रयास गुरुङ र आदित्य श्रेष्ठले समान १–१ गोल गरेका थिए । सञ्जय साईका प्रिन्स दुधराज म्यान अफ द म्याच भए ।

यस्तै आजै भएको दोस्रो खेलमा गेट वे एकेडेमी विजयी भएको छ । अक्षरिका स्कुललाई ४–१ले पराजित गर्दै गेट वे ले सेमिफाइनलको यात्रा तय गरेको हो । गेट वे का कृजल श्रेष्ठले २ गोल, रजत बस्नेत र उत्सव कार्कीले समान १–१ गोल गरेका थिए । म्यान अफ द म्याच भने अक्षरिकाका सतसङ गौतम भए ।

यस्तै आजै गोल्डेन वड स्कुल र बाल गिताञ्जली स्कुलबीच तेस्रो खेल भएको छ । बाल गिजाञ्जलीलाई ५–० गोल अन्तरले पराजित गर्दै गोल्डेन वड स्कुल सेमिफाइनलमा पुगेको छ । गोल्डेन बडका कान्जोक तामाङ र चन्दन ठाकुले समान २–२ गोल गरेका थिए भने सिबेन सुनुवारले १ गोल गरेका थिए । बाल गिताञ्जलीका सलोन प्रधान म्यान अफ द म्याच भए ।

यस्तै आजै भएको चौथो अर्थात अन्तिम खेलमा माउन्टसेब स्कुल विजयी भएको छ । खेलको निर्धारित समयमा कुनै टिमपले पनि गोल गर्न नसकेपछि पेनाल्टीबाट विजेताको टुंगो लागेको हो । पेनाल्टीमा माउन्टसेबले ४ गोल गरेको थियो भने त्रि–ज्योती स्कुलले ३ गोल गरेको थियो । यस खेलमा त्रि–ज्योतीका नववाङ्ग शेर्पा म्यान अफ द म्याच घोषित भए ।

अर्किड कपको आठौँ संस्करण फागुन ४ गतेबाट सुरु भएको हो । भोली अर्थात शुक्रबार सेमिफाइनलका खेलहरु खेलाईने छ । भने फागुन १२ गते अर्किड कपको फाइनल खेल हुने आयोजक अर्किडले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्