प्रशिक्षक टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने

03.10.2023, Fussball UEFA Champions League 2023/2024, Gruppenphase, 2.Spieltag, FC Kopenhagen - FC Bayern München, im Parken-Stadion Kopenhagen. Trainer Thomas Tuchel Bayern München ***DFL and DFB regulations prohibit any use of photographs as image sequences and/or quasi-video.*** *** 03 10 2023, Football UEFA Champions League 2023 2024, Group stage, Matchday 2, FC Copenhagen FC Bayern Munich, at Parken Stadion Copenhagen Coach Thomas Tuchel Bayern Munich DFL and DFB regulations prohibit any use of photographs as image sequences and or quasi video

काठमाडौँ, ९ फागुन । प्रशिक्षक थोमस टुचेलले सिजनको अन्त्यपछि बायर्न म्युनिख छोड्ने भएका छन् ।

क्लब व्यवस्थापनसँगको समझदारीमा टुचेलले यस सिजनको अन्त्यसम्म मात्र बायर्न म्युनिखको प्रशिक्षकको भूमिका निभाउने समझदारी भएको स्काई जर्मनीले जनाएको छ ।

मिडिया रिपोर्टका अनुसार केहि दिनमा नै बायर्नले यसको औपचारिक घोषणा गर्ने बताइएको छ ।

बायर्न म्युनिखले पछिल्ला तीन खेलमा लगातार हार बेहोरेपछि प्रशिक्षक टुचेलमाथि पद छोड्ने दबाब बढेको थियो । बायर्न म्युनिखले टुचेललाई बर्खास्त गर्ने हल्लाका बीच उनलाई सिजनको अन्त्यसम्म राख्ने सहमति भएको हो ।

बायर्न म्युनिख अहिले बुण्डेसलिगामा शिर्ष स्थानमा रहेको लिभरकुसेनभन्दा ८ अंकले पछाडी रहेको छ । लिभरकुसन २२ खेलमा अपराजित रहदै ५८ अंकसहित शिर्ष स्थानमा रहेको छ भने बायर्नको २२ खेलमा ५० अंक रहेको छ र दोस्रो स्थानमा रहेको छ ।

टुचेल २०२३ को मर्छ २४ मा बायर्न म्युनिखको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बायर्नले अहिलेसम्म ४४ खेल खेलेको छ भने २८ जित र ११ खेलमा हार बेहोरेको छ ।

मिडिया रिपोर्टका अनुसार बायर्न म्युनिखले टुचेलसँगको समझदारीपछि लिभरकुसेनका प्रशिक्षक जाबी अलोन्सो र लिभरपुलका जर्गेन क्लोपलाई  भित्र्याउने प्रयास गरेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्