लामो रस्साकसीपछि फतुवा विजयपुरको सातौं नगरसभा सम्पन्न

सञ्जय मिश्रा 
रौतहट ४ फागुन। लामो रस्साकसी पछी रौतहटको फतुवा विजयपुर सातौं नगरसभा सम्पन्न भएको छ। ४८ करोड भन्दा बढीको बजेट पारित गर्दै फतुवा बिजयपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको हो। कार्यवाहक मेयर अम्बेया खातुनको अध्यक्षतामा फतुवा विजयपुरको सातौं नगरसभा नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको छ।

सातौं नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानले नगरसभामा चालु आर्थिक वर्ष २०८०र ८१ का लागि कुल ४८ करोड पाँचलाख ८८ हजार दुई सय रूपैयाको बजेट सर्वजनिक गरेका थिए। नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान,पुँजीगत अनुदान गरी जम्मा ३२ करोड ४१ लाख १२ हजार विनियोजन गरिएको  छ ।  संघीय राजस्व बाँडफाँटबाट नौ करोड ८२ लाख १४ हजार २ सय, मालपोत दस्तुर बाट ३० लाख,  जग्गा रजिष्ट्रेशन बाँडफाँड बाट एककरोड २० लाख, प्रदेश सरकारबाट प्राप्त हुने सवारी साधन कर बाट २५ लाख र  समानीकरण अनुदान रु। ८० लाख ६२ हजार,  समपुरक अनुदान २० लाख,  विशेष अनुदान ३० लाख, सशर्त पूँजिगत  ८० लाख, आन्तरिक श्रोत बाट एककरोड ५० लाख र सडक बोर्ड बाट प्राप्त हुने अनुदान ४७ लाख रहेको उपसचिव प्रधानले बाचन गरेका थिए।

अधिकृत प्रधान नगर सभाले  शिक्षा , स्वास्थ्य , भौतिकपूर्वधार , कृषी र खानेपानी लगाएका क्षेत्रलाई विशेष प्रथमिकता दिएको बताएका थिए। सम्पन्न नगरसभामा ११ वटै वडाका अध्यक्ष सहित कार्यपालिकाको बहुमत सदस्यको उपस्तिति रहेको थियो । निलम्बित मेयर गोपाल प्रसाद यादव भने अनुपस्थित रहेका थिए। लालबकैया नदीको टेन्डरमा अख्तियार द्वारा दोषी ठहर भएर बिशेष अदालतले १५ लाख जरिवाना र ३ बर्ष कैदको फैसला सुनाएको थियो। फैसला संगै पछि मेयर यादवको पद धरापमा परेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्।

कार्यबाहक जिम्मेवारी पाएपछि खातुन र कांग्रेस पार्टीबाट निर्वाचित ७ जना वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुसँग सहमति नहुँदा ७ महिना ढिलो नगरसभा भएको छ। गत असार १० गतेभित्र हुनुपर्ने नगरसभा समयमा हुन नसक्दा त्यहाँ कार्यरत ३५० भन्दा बढी शिक्षक कर्मचारी गत साउन देखि तलब पाउन सकेका छैनन्। नेपाली कांग्रेस पार्टीको टिकटबाट, मेयर, उपमेयर,७ जना वडा अध्यक्षसहित नगरपालिकामा पूर्ण बहुमत हुँदा पनि पार्टीभित्रै आन्तरिक खिचलोको कारण उनीहरूबीच सहमति हुन सकेको थिएन। वडा अध्यक्ष राजेश यादवसहितले कार्यबाहक मेयर खातुनमाथि एकोहोरो गर्न खोजेको आरोप लगाएका थिए।

 

उता मेयर खातुनले कांग्रेस पार्टीको ठूलो नेताको ईशारामा आफूलाई असफल बनाउन पटक पटक षड्यन्त्र भइरहेको बताउँदै आएकी छन्। प्रमुख प्रशासकीय अधिकृत उपसचिव सुरेन्द्र प्रधानको पहलबाट गत कार्तिकमा सामाजिक सुरक्षाभत्ता वितरण गरिएको थियो। फतुवा विजयपुर नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति एवं प्रदेश सांसद सुनिलकुमार यादव (जितेन्द्र)को गृह नगर हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्