अध्यादेश ल्याउनु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाणः भट्टराई

काठमाडौं – समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दल विभाजन सहज हुने गरी अध्यादेश जारी गर्नु सरकार सुध्रनै नसक्ने गरी रसातलमा भासिएको प्रमाण भएको बताएका छन् ।

सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनको दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषदको काम, कर्तव्य, अधिकार र कार्य्विधि सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी गरेकोप्रति भट्टराईले ट्वीटरमार्फत टिप्पणी सार्वजनिक गरेका हुन् ।

उनले लेखेका छन् ‘सम्पूर्ण देश एकढिक्का भएर कोरोनाविरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो । जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकतन्त्रविरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !’

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्