अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारीः भीम रावल

काठमाडौं – सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले विरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा यो विधेयकलाई अनिष्टकारी भनेका छन् । ‘कोरोना संक्रमणबाट जनताको सुरक्षा गर्न सिंगो राष्ट्रलाई एकतावद्ध गरी अघि बढ्नुपर्ने अवस्थामा पार्टीमा कुनै छलफल नगरी पार्टी विभाजनलाई सहज तुल्याउने र संवैधानिक परिषदमा नियन्त्रण र सन्तुलनको मान्यतालाई खण्डित गर्ने गरी अध्यादेश ल्याइनु अनुचित र देशको लागि अनिष्टकारी हो’ उनले भनेका छन् ।

सोमबार नै बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार नै जारी गरेकी छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्