मंगलबार बिहान ९ बजेका लागि काँग्रेस पदाधिकारी बैठक बाेलाइयाे

काठमाडौँ – नेपाली काँग्रेसले मंगलबार बिहान ९ बजे पदाधिकारी बैठक बोलाएको छ ।

सोमबार बेलुका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीटर मार्फत पार्टी पदाधिकारीको बैठक बोलाएको जानकारी दिएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धि ल्याएको अध्यादेश राष्ट्रपतिले सोमबार नै जारी गरेकी छिन् । सोही विषयमा छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बोलाएको बुझिएको छ । अध्यादेश जारी भएपछि सरकारको चौतर्फी आलोचना भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्