टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने

काठमाडौँ – आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।

 

जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप खेल्ने बताएका हुन् । मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाए पछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो ।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्ड्यालाई दिएको थियो । त्यसबेलादेखि रोहितको टी-२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिक टी-२० विश्वकप २०२२ देखि राष्ट्रिय टी-२० टिमको कप्तानी गर्दै आएका थिए ।

जनवरीमा अफगानिस्तानविरुद्धको घरेलु टी-२० सिरिजका लागि रोहितलाई पुन: टी-२० कप्तान बनाइएको थियो । चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् । गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएल अघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्