बालमनाेबिज्ञान अनुसार शिक्षण सिकाइका लागि भीमेश्वर एकेडेमीमा भर्ना खुल्याे

काठमाडौं – भिमेश्वर एकेडेमीमा सरस्वती पूजाको अवसरमा नयाँ भर्ना खुलेको छ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ९ मा रहेको भिमेश्वर एकेडेमीले विशेष छुटका साथ कक्षा पीजी देखि यूकेजीसम्मका लागि नयाँ भर्ना खोलेको हो ।
बालबालिकाहरूको चौतर्फी विकासका लागि निरन्तर क्रियाशील यस भिमेश्वर एकेडेमीमा अक्षरारम्भ गराउन चाहने बालबालिकाका लागि नयाँ भर्ना खुला गरिएको विद्यालयले जनाएको छ ।  श्रीपञ्चमीका दिन अर्थात फागुन २ गते अक्षरारम्भ गराउन चाहने अभिभावकहरूले विशेष छुटका साथ आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन सकिने विद्यालयले जनाएको छ ।

रमाइलो वातावरण सिर्जना गरेर विद्यार्थीलाई खेल्दै सिकाउने र फरक शैलीले सिकाउने विद्यालय भएका कारण भिमेश्वर एकेडेमी सर्वोत्कृष्ट स्कुल भएको विद्यालयको दाबी छ । विभिन्न अतिरिक्त क्रियाकलापमा समेत विजयी हात पार्दै स्कुलहरुको भिडमा फरक पहिचान बनाउन सफल भिमेश्वर एकेडेमीले बालमनोविज्ञान अनुसार शिक्षण क्रियाकलाप अघि बढाउदैँ आइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्