फिजम कपको उपाधि बेष्ट ग्रुप भिजन स्कूललाई

काठमाडौ – फिजम कपको उपाधि बेष्ट ग्रुप भिजनलाई” शनिबार भएको फिजम कपको फाईनल चरणको खेलमा बेष्ट ग्रुप भिजन विजयी भएको छ ।

ग्रामर स्कुलसँग भएको खेलमा १-१ को बराबरि भएपश्चात पेनाल्टी सुट आउटमा २-० गोल अन्तरले बेष्ट ग्रुप भिजन विजयी भएको हो । शनिबार तेस्रो स्थानको लागी मोनास्टिक र लाईसियमबिच भएको भएको खेलमा मोनास्टिक ३-० गोल अन्तरले विजयी भयो।

समापन कार्यक्रममा सर्वाधिक गोलकर्ताको उपाधि मोनास्टिक स्कुलका ओसमान तामाङ्ग र ग्रामर स्कुलका निरज बोगटी प्रधान गरीयो। दुवैले खेल अवधिभरिमा ९/९ गोल गरेका हुन् ।

फिजम कप २०८० को फेयर प्लेको उपाधि हेब्रोन स्कुलले पायो भने बेस्ट कोचको उपाधि बेस्ट ग्रुप भिजनका कोच सागर थापाले हासिल गएका छन्। प्रतियोगितामा बेस्ट ग्रुप भिजनले फिजम कप सहित विभिन्न उपाधि हासिल गरेको छ।सेख तौफिकले बेष्ट किपर,सियोन राईले बेष्ट डिफेन्डर,सुजल कार्कीले इमर्जिङ्ग प्लेयर र संयोग थापाले म्यान अफ द म्याचको उपाधि हासिल गरेका हुन्।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्