लिटिल स्टार मदरल्याण्ड २०८० को फाइनल फागुन ४ गते हुने (भिडियो)

काठमाडौँ –  लिटिल स्टार मदरल्याण्ड २०८० को फाइनल फागुन ४ गते हुने भएको छ । आइतबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मदरल्याण्डका स्कुलका संस्थापक सञ्जय खड्काले जानकारी दिनुभयो । सुर्यविनायक नगरपालिकामा अवस्थित मदरल्याण्ड स्कुलले यस वर्षदेखि लिटिल स्टार मदरल्याण्ड २०८० आयोजना गर्न लागेको हो । स्कुलले ९ बर्षदेखि १३ बर्ष उमेर समुहका ४५ जना छनौट गरि उनीहरुलाई तालिम दिदैँ आइरहेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्य राखि स्कुलले फरक शैलिमा कार्यक्रमको आयोजना गर्दै आइरहेको छ ।

२९ जना छात्रा र १६ जना छात्र गरि ४५ जना प्रतियोगितामा सहभागी भएको र जसमा ट्यालेन्ट राउण्ड आज सम्पन्न भएको छ । सुमि बानियाँको कोरियोग्राफि रहेको छ । प्रतियोगितामा छात्रातर्फ उत्कृष्ट पाँच जनालाई छात्रबृतिको व्यवस्था गरिने छ भने छात्रतर्फ उत्कृष्ट चार जनालाई छात्रबृत्रिको व्यवस्था गरिएको छ । तर छात्रछात्रातर्फका विजेताले ६ महिनाको छात्रबृत्ति प्राप्त गर्नेछन् भने अन्यले चार, तिन, दुई महिनाको छात्रबृत्ति पाउने संस्थापक खड्काले बताउनुभयो ।

सहभागी प्रतियोगिलाई टिसर्टको व्यवस्था गरेको छ भने फाइनल राउण्डमा प्रवेश गर्नेका लागि छात्रतर्फ सेरवानी र छात्रातर्फ गाउनको व्यवस्था समेत गरिएको छ । जुन विद्यार्थीले प्रतियोगिता सम्पन्न भएपश्चात घरमा लगेर आफु अनुकुल प्रयोग गर्न सक्नेछन् । कृषि विकास बैंकको तालिम केन्द्रको भवन बोडेमा फाइन प्रतियोगिता हुनेछ जसमा शिक्षा क्षेत्रका ३ जना विज्ञ, एक जना सुन्दरतातर्फका विज्ञ र एक जना राष्ट्रिय स्तरको कलाकार निर्णायक रहनेछन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्